माउन्टेन इनर्जी नेपाल लिमिटेडको आइपिओ बाँडफाँड, तपाईलाई कति परो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माउन्टेन इनर्जी नेपाल लिमिटेडको आइपिओ बाँडफाँड, तपाईलाई कति परो ?



काठमाडाै । माउन्टेन इनर्जी नेपाल लिमिटेडको आइपिओ बाँडफाँड भएको छ । गत कात्तिक २६ गते, बुधबारदेखि मंसिर ३ गते, बुधबारसम्म निष्कासन गरेकाे साधारण शेयर (आइपिओ) काे बाँडफाँड आज (मंसिर १७ गते, बुधबार) कार्यालय डिल्लीबजार, काठमाडौंमा गरिएकाे हो ।

कम्पनीकाे आइपिओमा ६ लाख ७४ हजार जना आवेदकले १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताको लागि आवेदन दिएका थिए । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ७.६१ गुणा धेरै हो । कम्पनीकाे आइपीओमा माग भन्दा बढी आवेदन परेकाे हुनाले गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे हाे ।


जसमध्ये, ६ लाख ५१ हजार ५ सय ७५ जना योग्य आवेदक रहेका थिए । गोलाप्रथाबाट बाँडफाँड गर्दा एक लाख ८३ हजार २६ जनाले १० कित्ताका दरले र ५ जनाले ११ कित्ताका दरले शेयर हात पारेका छन् । बाँकी ४ लाख ६८ हजार ५ सय ४९ जना आवेदककाे भने हात खाली भएकाे छ ।


कम्पनीले १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्कासन गरेको थियाे । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरेको हो ।

प्रकाशित : १७ मंसिर २०७७, बुधबार १३:०८