एनएमबि बैंकले२ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्रीको अनुमति माग्दै बोर्डमा दियो निवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

एनएमबि बैंकले२ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्रीको अनुमति माग्दै बोर्डमा दियो निवेदन



काठमाडौं । एनएमबि बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र विक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले मंसिर २३ गते सात वर्षे अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर रहेको एनएमबि ऋणपत्र २०८४/८५ निष्कासनको लागि बोर्डसँग अनुमति मागेको हो ।

कुल २० लाख कित्तामध्य ८ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणमा विक्री गर्ने र बाँकी १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न बैंक तथा वित्तीय संस्थालाई विक्री गर्ने तयारी बैंकको छ । यो ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

प्रकाशित : २४ मंसिर २०७७, बुधबार १३:३७