मेरो शेयरको एपमा सीआस्वा सेवा थप, यसरी लिनुस सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेरो शेयरको एपमा सीआस्वा सेवा थप, यसरी लिनुस सेवा



काठमाडौँ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले मेरो शेयरको एपमा सीआस्वा सेवा थप गरेकाे छ । सिडीएसले हिजाे (मंसिर २४ गते, बुधबार) राति एपमा सीआस्वा सेवा थप गरेको हो ।

एपमा याे सेवा थपिएसँगै लगानीकर्ताले अब एपबाटै आइपिओमा आवेदन दिन सक्ने भएका छन् ।

यसअघि एपबाट आइपिओमा आवेदन दिने सुविधा थिएन । लगानीकर्ताले मेरो शेयरको वेबसाइटबाट नै आइपिओमा आवेदन दिँदै आएका थिए ।

प्ले स्टोरमा गएर मेरो शेयरको एप अपडेट गरेपछि मात्र एपमा सीआस्वा सेवा थप भएको देखिन्छ ।

याे सेवाबाट लगानीकर्ताले अब मंसिर २९ गतेबाट निष्कासन हुन लागेकाे प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे आइपिओ एपबाट नै मज्जाले भर्न सक्ने भएका छन् ।

प्रकाशित : २५ मंसिर २०७७, बिहीबार १४:२५