प्रभु बैंकले ऋणपत्र निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

प्रभु बैंकले ऋणपत्र निष्काशन गर्ने



काठमाडौँ । प्रभु बैंक लिमिटेडले एक हजार रूपैयाँ अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको “प्रभु बैंक डिबेञ्चर–२०८७” निष्काशन गर्नको लागि मेगा क्यापिटल मार्केट्सलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र मेगा क्यापिटल मार्केट्स लिमिटेड का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदय कान्त झाले हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक तीन-तीन महिनामा ब्याज भुक्तानी हुने गरी ४ अर्ब रूपैयाँ बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” नामक ऋणपत्र सार्वजनिक निष्कासन गर्न लागेको छ । २ अर्ब ४० करोड रूपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र १ अर्ब ६० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

मेगा क्यापिटल मार्केट्स लिमिटेड निष्कासन तथा विक्री प्रबन्धकत्वमा निकट भविष्यमा निष्कासन हुन लागेको ४ अर्ब रूपैयाँ बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” को ट्रष्टीको रूपमा पनि मेगा क्यापिटल मार्केट्सलाई नै नियुक्त गर्ने सम्बन्धी सम्झौता पनि आजै हस्ताक्षर भएको छ ।

नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात् “प्रभु बैंक डिबेञ्चर–२०८७” सार्वजनिक निष्कासन गरिनेछ ।

प्रकाशित : २५ मंसिर २०७७, बिहीबार २०:५७