प्रभु लाइफ इन्स्योरेन्सको आइपिओ आज देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

प्रभु लाइफ इन्स्योरेन्सको आइपिओ आज देखि



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपिओ) मंसिर २९ गते सोमबार आजबाट निष्काशन हुँदैछ । कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको हो ।

निष्काशन हुने ६० लाख कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कर्मचारीको लागि र थप ५ प्रतिशत अर्थ ३ लाख सामुहिक लगानी कोषहरुलाई छुट्याइएको छ भने बाँकी रहेको ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आइपिओमा लगानीकर्ताले नजिकको बैंक तथा वित्तीय संस्था र मेरोसेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

प्रभु लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशन बन्द छिटोमा पुस २ गते बन्द हुने छ । त्यस अवधिमा विक्री नभए पुस १३ गतेसम्म मात्र बिक्री खुल्ला रहने छ । सर्वसाधारणले न्यूनतम १० कित्ता (१ हजार रुपैयाँ) देखि ५ हजार कित्ता (५ लाख रुपैयाँ) सम्म आवेदन गर्न सक्ने छन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । इक्रा नेपालले साधारण सेयर निस्कासन गर्न प्रभु लाइफ इन्स्योरेन्सको आईपीओलाई इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको हो । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

प्रकाशित : २९ मंसिर २०७७, सोमबार ०६:००