प्रभु क्यापिटलले निःशुल्क डिम्याट खाता खोलिदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

प्रभु क्यापिटलले निःशुल्क डिम्याट खाता खोलिदिने



काठमाडाै । प्रभु क्यापिटल लिमिटेडले डिम्याट खाता निःशुल्क खाेल्ने सेवा सुचारू गर्ने भएकाे छ ।

क्यापिटलले केही समय अगाडि सञ्चालन गरेको ३ वर्षे Free Demat खाता योजनामा ग्राहकहरूको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइन (https://onlinedemat.prabhucapital.com/DematForm) बाटै तथा प्रभु बैंकको सम्पूर्ण शाखा तथा क्यापिटलको कार्यालय कमलादीमा सम्पर्क गरी डिम्याट खाता खोल्न चाहने ग्राहकहरूको लागि मंसिर २४ गतेदेखि पौष मसान्त २०७७ भित्र खाता खोल्दा एक वर्षको लागि Free Demat खाता योजना ल्याएको हाे ।

यस योजना अन्तर्गत खाता खोल्न चाहने ग्राहकहरूको लागि क्यापिटलले निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवा प्रदान गर्नेछ । त्यसैले अहिलेसम्म डिम्याट खाता नखोल्ने ग्राहकहरूले आफू, आफ्नो परिवार तथा आफ्ना साथीभाईहरूलाई यस योजनामा जोडि निशुल्क Demat खाता अनलाईनबाट खोली समय तथा रकमको बचत गरी शेयर कारोबार गर्न सक्नेछन् ।

प्रकाशित : २९ मंसिर २०७७, सोमबार १४:१४