प्रभु बैंकको १०.५२६३ प्रतिशत लाभांश स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकको १०.५२६३ प्रतिशत लाभांश स्वीकृत



काठमाडौँ । प्रभु बैंक लिमिटेडकाे लाभांश नेपाल नेपाल राष्ट्र बैंक लिमिटेडले स्वीकृत गरेकाे छ । बैंककाे हिजाे (मंसिर ३० गते मंगलबार) काे पत्रले स्वीकृति प्रदान गरेकाे बैंकले नेप्सेमा एक सूचना प्रकाशन गर्दै जानकारी दिएकाे छ ।

बैंककाे मंसिर २१ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । साेही लाभांश राष्ट्र बैंकले स्वीकृत गरेकाे हाे ।

प्रकाशित : १ पुष २०७७, बुधबार ११:४०