नोकिया सी१ प्लस — फेस अनलकको साथ सुलभ मूल्यमा फोरजी स्मार्टफोन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

नोकिया सी१ प्लस — फेस अनलकको साथ सुलभ मूल्यमा फोरजी स्मार्टफोन



काठमाडौ । अघिल्लो सी—सीरीज फोनको सफलता पश्चात नोकिया फोनको घर, एचएमडी ग्लोबलले आज परिवारमा एउटा नयाँ स्मार्टफोन थपेको घोषणा गरेको छ । नयाँ नोकिया सी१ प्लस सबैभन्दा कम लागतको थ्रीजी र फोरजी नोकिया स्मार्टफोन हो जसले तपाईं आफैले वास्तवमै महसुस गर्न सक्ने गुणवत्ता ल्याउँदै प्रावेशिक स्मार्टफोन अनुभवको मापदण्ड बढाइरहेको छ । सी—सीरिजको उद्देश्य सबैलाई किफायती स्मार्टफोन अनुभवहरू ल्याउने हो । नोकिया सी१ प्लसले सी—श्रृंखलाको प्रावेशिक स्तरमा फोर जी कनेक्टिविटी ल्याउँदछ र विश्वभरि अझ बढी प्रयोगकर्ताहरूलाई व्यापक अनुभव प्रदान गर्दछ ।


नोकिया सी१ प्लसको साथ, फ्यानहरूले अन्तसम्म ऊर्जावान बनाउने सेल्फी र भिडियोहरू, एप र टेक्स्टहरू जुन पप गर्दछ, र इमर्सिभ मनोरन्जनको क्रिस्प र क्लिन तीक्ष्ण सामग्रीको आनन्द लिन सक्दछन् । स्टाइलको मज्जा लिनुहोस् जुन भित्र र बाहिर स्लिक, सोलिड पोलिकार्बोनेट बडिको साथ लामो समयसम्म टिकिरहन्छ र टिकाऊपनका लागि पुरस्कार—विजेता नोकिया फोनहरूको लागि परिचित छ, र २५०० एमएएच ब्याट्री छ जसमा तपाईं दिनभर निर्भर रहन सक्नुहुन्छ । थ्रीजी र फोरजी द्वारा प्रोत्साहित नोकिया सी१ प्लसमा भएका अनुभवहरू सहज र स्पष्ट छन् र यो डाटाको गतिमा यसको पूर्ववर्ती भन्दा १० गुणा बढी छिटो छ । थपिएको सुरक्षा र सुविधाको लागि, फेस अनलकले तपाईंलाई (र केवल तपाईंलाई मात्र) —मात्र एक झलकमा आवश्यक सबैकुरामा पहुँच गर्न र बढी स्टोरेज दिन्छ ।


नोकिया सी१ प्लस एन्ड्रोइड १० (गो संस्करण) को साथ आउँछ, तपाईंको मनपर्ने चीजहरूको लागि प्रशस्त ठाउँ हुन्छ —हल्का एपहरू र कम ब्लोटवेयरको साथ, जसमा तपाईं ३००० गीतहरू वा १३ घण्टाको एचडी भिडियो राख्न सक्नुहुन्छ ।


एचएमडी ग्लोबल, प्यान एशियाका जनरल म्यानेजर रवि कुँवरले भन्नुभयो, “नोकिया सी१ एक उत्कृष्ट स्मार्टफोन अनुभव ल्याउन र स्मार्टफोनप्रति पहिलो कदम चाल्ने सबैको लागि पहुँचयोग्य बनाउन आफ्नो लक्ष्यमा अत्यन्त सफल थियो । अर्को जेनरेशन कनेक्टिभिटी पहिले नै आइसकेको छ, संसार भर अपरेटर्स अनुकूलन गर्दै छन् र बजार अनिश्चितताको जोखिममा धेरै टुजी र थ्रीजी छोड्दै फोरजी नयाँ बेस लाइनको रूपमा अनुकूलित भइरहेको छ । नयाँ नोकिया सी१ प्लसको साथ हामी तपाईंलाई आश्वासन दिन्छौं कि तपाईंको नयाँ स्मार्टफोन टाढासम्म जान्छ र निश्चित रूपमा तपाईं यसलाई कुनै पनि ठाउँमा जडान गर्न विश्वास गर्न सक्नुहुन्छ ।

नोकिया स्मार्टफोन विश्वास र विश्वसनीयता प्रस्तुत गर्न परिचित छ । हाम्रो उत्पादन स्ट्यान्डर्ड जसले हाम्रो फोनहरूलाई टिकाऊपन दिन्छ जुन तिनीहरू पर्यायवाची छन्, संसारकै सब भन्दा कठिनमध्ये एक हुन्, र नोकिया सी१ प्लसको साथ तपाईं यसलाई महसुस गर्न सक्नुहुनेछ । यसको गुणस्तरको सत्यतामा, हाम्रो भर्खरको एन्ड्रोइड (गो संस्करण) स्मार्टफोन एक शक्तिशाली फ्रन्ट फेसिंग फ्ल्यास, एक ठूलो, क्रिस्प स्क्रिन र एचडीआर इमेजिंगको साथ टिकाऊ, स्टाइलिश प्याकेजमा दिनभर टिक्ने ब्याट्रीको साथ आउँदछ । फोरजीको साथ यसको पूर्ववर्तीहरूको सफलताको आधारमा, नोकिया सी१ प्लसले एन्ड्रोइड १० (गो संस्करण) ले प्रस्ताव गर्न सक्नेको पूरा लाभ लिदैं यसले हाम्रो सबैभन्दा कम लागत फोरजी स्मार्टफोन बनाउँछ ।

तपाईंको सिर्जनाहरू बढावा गर्नुहोस् र दृश्यको आनन्द लिनुहोस्


नोकिया सी१ प्लस मा ५.४५ इन्चको एचडी प्लस आईपीएस क्लियारीटी डिस्प्ले छ । चाहे तपाईं एपहरू प्रयोग गर्दै हुनुहुन्छ, पढ्दै वा भिडियो हेर्दै हुनुहुन्छ —तपाईले देख्नु भएको कुराहरु सबै क्रिस्प र क्लिन हुनेछन् । शक्तिशाली फ्रन्ट—फेसिंग फ्ल्यासले तपाईंलाई सुन्दर ढंगले प्रज्ज्वलित शटहरू दिनेछ ताकि तपाईं आफ्नो सेल्फी खेललाई अर्को चरणमा लैजान सक्नुहुनेछ र ५ एमपी रियर र फ्रन्ट क्यामेराले एचडीआर इमेजिंग द्वारा समर्थित यसले तपाइंलार्ई खानाहरुको फोटो खिच्दा होस् वा टिकटक बनाउदा होस्, तपाईंको फोटो र भिडियोहरूलाई जीवन्त तुल्याउछ ।


शानदार र भरपर्दो कोर


दिनभर टिक्ने ब्याट्रीको साथ आउने यो फोनले तपाईंलाई ब्याट्रीको चिन्ता बिना नै घण्टौसम्म मनोरञ्जन दिन्छ । र, स्थायित्वका लागि पुरस्कार विजेता नोकिया फोन प्रति सत्य रहँदै, नोकिया सी१ प्लस पनि टिकाउका लागि बनाइएको छ जुन एक टिकाऊ पोलीकार्बोनेट शेलको साथ आउँदछ र दैनिक बम्पहरू र दस्तकहरूको लागि प्रतिरोधी हुन्छ र यसको फिनिस रुटमा अटल रहँदै टाइमलेस डिजाइनमा स्लिक देखिन्छ । हार्डवेयर टिकाऊपनका लागि ५० भन्दा बढी परीक्षणको लागि सोध्ने कठोर उत्पादन मानक अनुसरण गर्दै तपाई विश्वास गर्न सक्नुहुन्छ कि नोकिया सी१ प्लस बाहिरी भागमा त्यति नै बलियो छ जति यो भित्रि भागमा छ ।


एन्ड्रोइड १० (गो संस्करण) र फोरजी को साथ हल्का र छिटो


एन्ड्रोइड १० (गो संस्करण) ले तपाईंलाई अधिक सुरक्षा, अधिक स्टोरेज र प्रत्येक महिना बचत गरिएको डाटा दिन्छ, तपाईंलाई मनपर्ने चीजहरूको लागि प्रशस्त ठाउँ छोड्दछ जसमा तपाईंले ३००० गीतहरू वा १३ घण्टाको एचडी भिडियो राख्न सक्नुहुन्छ । बायोमेट्रिक फेस अनलकको साथ, तपाइँको जानकारी सुरक्षित र पहुँच गर्न सजिलो हुनेछ र केवल तपाईंले मात्र द्रुत एक झलकमा सबै आवश्यक कुरामा जुनसुकै समयमा पहुँच गर्न सक्नुहुन्छ । यस बाहेक, फोरजी कनेन्टिभिटीको लागि धन्यवाद जहाँ तपाईं स्पष्ट कलहरू, सहज प्रदर्शन र थ्री जी भन्दा १० गुणा बढी छिटो डाटा गति लिन सक्नुहुनेछ । उदाहरणका लागि—गुगल गो एपको उत्कृष्ट प्रयोग गर्नुहोस् — तपाईको क्यामेराको प्रयोग गरी टेक्स्टलाई छिटो अनुवाद गर्न वा शब्दहरू चर्को स्वरमा सुन्न लेन्सको प्रयोग गर्नुहोस् ।


मूल्य र उपलब्धता


नोकिया सी १ प्लस १५ डिसेम्बरदेखि नेपालमा १जीबी+१६जीबी स्टोरेज भेरियन्टमा रु.८,३९९ मूल्यमा ब्लू र रातो रंगमा उपलब्ध हुनेछ ।

प्रकाशित : १ पुष २०७७, बुधबार १२:५१