ओलीले गरे संसद विघटनको सिफारिस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

ओलीले गरे संसद विघटनको सिफारिस



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिफारिस गरेका छन् । प्रधानमन्त्री ओलीले आज आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक रुपमा बसेको बैठकमा उक्त सिफारिस गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसामु राखिएको सो सिफारिस अब राष्ट्रपति कार्यालय लगिन लागिएको हो ।
यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

प्रकाशित : ५ पुष २०७७, आईतवार १२:४०