गुडविल फाइनान्सको लाभांश घोषणा



काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

फाइनान्सकाे आज (पुस ५ गते, आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई ८.४ प्रतिशत बोनस शेयर र ३.६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

त्यसैगरी, फाइनान्सले पुस २९ गते, बुधबार फाइनान्सकाे २६औँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ । उक्त सभा हाेटल क्राउन इम्पेरियल, रविभवन काठमाडाैँमा हुनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि पाैष १७ गतेदेखि पाैष २९ गतेसम्म बुकक्लाेज गर्नेछ । त्यसैले पाैष १६ गतेसम्म नेप्सेमा कायम भइ काराेर भएका शेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको

प्रकाशित मिति २०७८ असार १ देखि