संविधान र व्यवस्थालाई होइन, संविधानविरुद्ध अपराध गर्नेलाई ठेगान लगाऔंः गगन थापा



काठमाडौं । नेपाली काँग्रेशका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्रीको गल्ती राष्ट्रपतिले सच्याउनुपर्ने बताएका छन् । संसद विघटनको सवालमा यस्तो नभएको बताएका सांसद थापाले एकको गल्ती अर्कोले सच्याउनुपर्नेमा त्यस्तो नभएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भङ्ग गरेपछि बानेश्वरमा एक भेलालाई सम्बोधन गरेका सांसद थापाले प्रधानमन्त्रीको गल्तीलाई सच्याउन नसक्ने राष्ट्रपतिलाई सडकबाटै ठेगान लगाउनुपर्ने बताएका हुन् ।

कतिपय युवा नेताहरुले व्यवस्थाविरुद्ध नै प्रश्न उठाउने गरेको स्मरण गर्दै सांसद थापाले भनेका छन्, ‘…यतिबेला संविधान र व्यवस्थालाई होइन, संविधानविरुद्ध अपराध गर्नेलाई ठेगान लगाऔं । यो संविधान र व्यवस्थाविरुद्ध अपराधन गर्ने राष्ट्रपतिलाई सडकबाटै ठेगान लगाऔं ।’

थापाले आजको यो अवस्था ओलीकै कारण मात्रै नआएको पनि बताएका छन् ।

प्रधानमन्त्री चुन्ने सत्ताधारी दलको नेता हुतिहारा भएको कारणले पनि आजको यो अवस्था आएको सांसद थापाको तर्क थियो । उनले थप भनेका छन्, ‘आजको यो अवस्था सिर्फ केपी ओलीकै कारण मात्रै पनि भएको होइन । प्रचण्ड र माधव नेपाल हुतिहारा भएको कारणले पनि यो अवस्था आएको हो । तपाईँको बा बिरामी हुनुहुन्छ, उहाँलाई घरमा विश्राम दिनुस् भन्दा मान्नुभएन । तपाईँको प्रधानमन्त्री अनैतिक हुनुहुन्छ भन्दा मान्नुभएन । आज त्यसकै परिणाम आएको हो ।’

यस्तै सांसद थापाले संविधानलाई कुल्चिने प्रधानमन्त्री तयार गर्नु नेकपाको कमजोरी भएकोसमेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिद्धारा फागुन २३ गतेका लागि संसद अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि संसद अधिवेशन आह्वान गरेकी

फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस

काठमाडौं । सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरेको छ। शुक्रबार

कुमारी इक्विटी फन्ड आजदेखि खुल्यो

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आज (फागुन १४ गते, शुक्रबार) देखि “कुमारी इक्विटी

ओलीको निर्णय सर्वाेच्चद्वारा बदर

काठमाडौ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन