२५ वटा वाणिज्य बैंकको लाभांश घोषणा कसको कति ? (सूचिसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

२५ वटा वाणिज्य बैंकको लाभांश घोषणा कसको कति ? (सूचिसहित)



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत २६ वटा वाणिज्य बैंकहरुमध्ये २५ वटा बैंकले लगानीकर्ताको लागि दिने लाभांशको घोषणा गरिसकेका छन् । सिभिल बैंक बाहेक बाँकी बैंकहरूले लाभांश घाेषणा गरेका हुन् । सबैभन्दा धेरै लाभांश दिने बैंक नबिल बैंक रहेकाे छ भने कम दिनेमा सेञ्चुरी कमर्सियल बैंक रहेकाे छ ।
१. बैंक अफ काठमाण्डू लिमिटेड :

बैंक अफ काठमाण्डू लिमिटेडकाे असाेज १४ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर सहित) गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

२. ग्लोबल आइएमई बैंक लिमिटेड :

ग्लोबल आइएमई बैंक लिमिटेडकाे कार्तिक ६ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे वितरण योग्य मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीकाे १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १६ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

३. कुमारी बैंक लिमिटेड :

कुमारी बैंक लिमिटेडकाे कार्तिक ५ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीकाे १०.८५ प्रतिशतका दरले बोनस शेयर र ३.१५ प्रतिशतका दरले नगद (कर प्रयाेजनका लागि) गरी कुल १४ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

४. एनआईसी एशिया बैंक लिमिटेड :

एनआईसी एशिया बैंक लिमिटेडकाे कार्तिक ४ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीकाे १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल २० प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

५. सानिमा बैंक लिमिटेड :

सानिमा बैंक लिमिटेडकाे असाेज २७ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीकाे १३.६० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे । बैंकले १० प्रतिशत बोनस शेयर र ३.६० प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

६. सिटिजन्स बैंक लिमिटेड :

सिटिजन्स बैंक लिमिटेडकाे कार्तिक ३ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीकाे ८ प्रतिशत बोनस शेयर र कर सहित ३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

७. माछापुच्छ्रे बैंक लिमिटेड :

माछापुच्छ्रे बैंक लिमिटेडकाे असाेज १ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ काे खुद मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद (कर सहित) गरी कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

८. हिमालयन बैंक लिमिटेड :

हिमालयन बैंक लिमिटेडकाे मंसिर १४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

९. स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड :

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडकाे हिजाे (कार्तिक १३ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ७ प्रतिशत बोनश शेयर र ४.८४ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ११.८४ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

१०. सनराइज बैंक लिमिटेड :

सनराइज बैंक लिमिटेडकाे मंसिर ७ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५.८० प्रतिशत बोनस शेयर र २.४८ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ८.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

११. एभरेष्ट बैंक लिमिटेड :

एभरेष्ट बैंक लिमिटेडकाे कार्तिक १९ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५ प्रतिशत बोनश शेयर र ५.५३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १०.५३ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

१२. नेपाल एसबिआई बैंक लिमिटेड :

नेपाल एसबिआई बैंक लिमिटेडकाे मंसिर ४ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ९.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

१३. नेपाल बंगलादेश बैंक लिमिटेड :

नेपाल बंगलादेश बैंक लिमिटेडकाे मंसिर १५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

१४. सिद्धार्थ बैंक लिमिटेड :

सिद्धार्थ बैंक लिमिटेडकाे मंसिर १९ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

१५. प्राइम कमर्शियल बैंक लिमिटेड :

प्राइम कमर्शियल बैंक लिमिटेडकाे पाैष ६ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

१६. नबिल बैंक लिमिटेड :

नबिल बैंक लिमिटेडकाे पाैष ६ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ३३.५ प्रतिशत (१०० कित्ता बराबर ३३.५ कित्ता) बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

१७. एनएमबि बैंक लिमिटेड :

एनएमबि बैंक लिमिटेडकाे पाैष ५ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ३.२० प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १६.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

१८. सेञ्चुरी कमर्सियल बैंक लिमिटेड :

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडकाे मंसिर २९ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५.२५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ७.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

१९. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड :

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडकाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १०.२६९५ प्रतिशत बोनस र ०.५४०५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको छ।

२०. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड :

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे पाैष ५ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ५.५० प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

२१. कृषि विकास बैंक लिमिटेड :

कृषि विकास बैंक लिमिटेडकाे मंसिर २९ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

२२. मेगा बैंक नेपाल लिमिटेड :

मेगा बैंक नेपाल लिमिटेडकाे पाैष २ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ३.०५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १३.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

२३. नेपाल बैंक लिमिटेड :

नेपाल बैंक लिमिटेडकाे पाैष १ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

२४. लक्ष्मी बैंक लिमिटेड :

लक्ष्मी बैंक लिमिटेडकाे मंसिर २९ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

२५. प्रभु बैंक लिमिटेड :

प्रभु बैंक लिमिटेडकाे मंसिर २१ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित : ७ पुष २०७७, मंगलवार १०:१०