श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको लाभांश राष्ट्र बैंकबाट स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको लाभांश राष्ट्र बैंकबाट स्वीकृत



काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले प्रस्ताव गरेको कुल १० दशमलव ५३ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

कम्पनीको मंसिर १८ गतेको सञ्चालक समितिको बैठकले गत आव ०७६/०७७ को बाँडफाँटका लागि उपलब्ध मुनाफाबाट ७ दशमलव ३७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव १६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

कम्पनीको हाल कायम चुक्तापूँजी ८२ करोड ९० लाख ३५ हजार रुपैयाँको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीले साधारण सभामा अन्तिम स्वीकृतिका लागि पेश गर्न सक्नेछ ।

प्रकाशित : ७ पुष २०७७, मंगलवार १३:५३