नेपाल लाइफले ५१ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

नेपाल लाइफले ५१ प्रतिशत लाभांश दिने



काठमाडाै । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना लगानीकर्ताहरुलाई ५१ प्रतिशत लाभांश दिने भएको छ । मंगलबार साँझ बसेको कम्पनीको ३११औं सञ्चालक समितिको बैठकले ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको हो ।

बीमा समितिको स्वीकृति र साधारण सभाबाट पास गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०७५।०७६ को नाफाबाट सेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

हाल नेपाल लाइफको चुक्ता पुँजी ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ छ । बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड पुग्ने छ । कम्पनीको जगेडा कोषमा ३ अर्ब ६६ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित : ७ पुष २०७७, मंगलवार २०:०३