विजय लघुवित्तको साधारण सभा पुस २९ गते , यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

विजय लघुवित्तको साधारण सभा पुस २९ गते , यस्ता छन् एजेन्डा



काठमाडाै । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते नवलपरासीको गैंडाकोट–८ विजय विकास स्रोत केन्द्रमा बिहान ९ बजेदेखि भर्चुअल माध्यमबाट बस्दैछ। लघुवित्तले चुक्तापुँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) गरि कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

सभाले अन्य कुनै वित्तीय संस्थालाई प्राप्ति गर्ने वा आपसमा गाभिने प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही पुस १७ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ संस्थाद्वारा प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुन पुस १६ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ।

प्रकाशित : ९ पुष २०७७, बिहीबार १२:१०