नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा कहिले ?



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पाँचौ वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा कार्की ब्याक्वेट बबरमहलमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो ।


सभाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन पारीत गर्ने र आव २०७६÷७७ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै सञ्चालक समितीको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्त अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गर्ने विशेष प्रस्ताव पारीत गर्नेछ ।

कम्पनीको प्रबन्धपत्र नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएकामा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १६ गते बन्द रहनेछ ।

प्रकाशित : ९ पुष २०७७, बिहीबार १२:१८