ब्रोकर कमिसन घट्यो ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

ब्रोकर कमिसन घट्यो !



काठमाडाै । लामो समय देखि विवादको घेरामा रहेको ब्रोकर कमिसन घट्ने भएको छ । पुस १७ गते देखि लागु हुने गरि ब्रोकर कमिसन घटाउन लागिएको नेपाल धितो पत्र बोर्डले जनाएको छ । विहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नयाँ कार्यसमितिसँगको भेटमा बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सो कुरा बताएका हुँन । बोर्डका अध्यक्ष रेवतबहादुर कार्की अाए पछि ब्रोकरको कमिशन ४० प्रतिशतले कटौति गरेका थिए।

कति लिन्थे कमिसन

सेयर ब्रोकरले दक्षिण एसियामै सबैभन्दा बढी कमिशन असुल्दै अाएकाे जानकारहरु बताउछन् ।लगानीकर्ताले अधिकतम ०.६० प्रतिशतका दरले ब्रोकर कमिशन तिर्छन । ५० हजार रुपैयाँसम्म सेयर कारोबार गर्ने लगानीकर्ताले ०.६० प्रतिशतका दरले कमिशन तिर्नुपर्छ । त्यस्तै ५० हजार भन्दा माथि पाँच लाखसम्मको कारोबार गर्नेले ०.५५ प्रतिशत, पाँच देखि २० लाखसम्मको कारोबार गर्नेले ०.५० प्रतिशत, २० लाखदेखि एक करोड रुपैयाँसम्म कारोबार गर्नेले ०.४५ प्रतिशत र एक करोड रुपैयाँ भन्दा माथिको कारोबार गर्नेले ०.४० प्रतिशतका दरले कमिशन तिर्छन् ।

प्रकाशित : ९ पुष २०७७, बिहीबार १६:१०