नेपाल सहकारी पत्रकार समाजको १० औँ साधारणसभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

नेपाल सहकारी पत्रकार समाजको १० औँ साधारणसभा सम्पन्न



काठमाडौं । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)को १० औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताए । सञ्चार र सहकारीको समन्वय गर्दै गरिवी निवारणमा सहकारी क्षेत्रको भूमिका बढाउन सकिने उनले बताए । आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय क्षेत्रमा सहकारीले महत्वपूर्ण योगदान दिने उनको भनाइ थियो ।

जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले सहकारी र सञ्चार क्षेत्रको विकासका लागि सहकार्यमा कुनै कसर बाँकी नराख्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव प्रकाश थापा, केन्द्रीय सदस्य टेकराथ थामी, सिजेएनका संस्थापक अध्यक्ष यादव हुमागाई, निवर्तमान अध्यक्ष डिल्लीप्रसाद सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष काजी श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव तुलसी सुवेदीले गरेका थिए ।

प्रकाशित : ११ पुष २०७७, शनिबार २१:३६