सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार कोष र हित कोष स्थापना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार कोष र हित कोष स्थापना



काठमाडाै । नेपाल सहकारी पत्रकार समाज(सिजेएन) १० औं वार्षिक साधारणसभाका अवसरमा सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार तथा हित कोष स्थापना भएको छ ।

कोषले आगामी दिनमा सहकारी क्षेत्रमा उत्कृष्ट कलम चलाउने पत्रकारलाई पुरस्कार प्रदान गर्नुका साथै सदस्यको हितका लागि पनि कार्य गर्ने अध्यक्ष खिलानाथ दाहालले बताए ।

जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले उक्त कोषमा ५१ हजार १ सय १९ रुपैयाँ सहयोग गरेका छन् ।

साधारणसभाले कोष सञ्चालन कार्यविधि पारितसमेत गरेको छ । साधारणसभाको दोस्रो सत्र समाजका सहसचिव अर्जुन खतिवडाले सञ्चालन गरेका थिए ।

प्रकाशित : ११ पुष २०७७, शनिबार २१:४१