मुक्तिनाथ विकास बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडाै । मुक्तिनाथ विकास बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (पाैष १२ गते, आइतबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १३ गतेदेखि पाैष २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पाैष १२ गते, आइतबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंककाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १४औं वार्षिक साधारण सभा पाैष २५ गते, शनिबार, हाेटल पाेखरा ग्राण्ड, पार्दी, पाेखरामा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा बैंककाे मंसिर २१ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ११.२५ प्रतिशत बोनस शेयर र ४.२६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १५.५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस
युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलायो ,यस्ता छन् एजेन्डा

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा बोलाएको छ । युनाइटेड

जनरल इन्स्योरेन्सको सीईओमा श्रेष्ठ

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र श्रेष्ठलाई नियुक्त

प्रभु क्यापिटलद्वारा ‘समर डिम्याट स्किम’ सञ्चालनमा

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले डिम्याट सेवाअन्तर्गत नयाँ डिम्याट योजना ‘समर डिम्याट स्किम’

निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न वरिष्ठ उपाध्यक्ष ढकालको सरकारलाई आग्रह

चरिकोट । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ को महामारीबाट

प्रकाशित मिति २०७८ असार १ देखि