कमिसन घटाएको झोकमा ब्रोकरले घेरे धितोपत्र बोर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कमिसन घटाएको झोकमा ब्रोकरले घेरे धितोपत्र बोर्ड



काठमाडाैं । कमिसन घटाएको बिरोधमा स्टक ब्रोकर एशोसिएसन (धितोपत्र दलाल व्यवसायी) हरुले धिताेपत्र बोर्ड घेराउ गरेका छन् । उनिहरुले तत्काल नयाँ कमिसन दर पुनरावलोकन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । ।

व्यवसायहरू गर्नसक्ने कार्यक्षेत्र थप नहुँदा आम्दानीका स्रोतहरू नभएको, बजारको विश्वसनीयता कायम राख्न दलाल व्यवसायीले बहन गरेको वित्तीय तथा सञ्चालन जोखिम, उच्च करको दर, लगानीको प्रतिफल लगायतलाई हेर्दा पश्चिमा देशहरुको भन्दा पनि सस्तो कमिसन दरलाई नयाँ लगानीकर्ता आकर्षित गर्ने, बजारको गतिशीलता बढाउने नाममा थप ६० प्रतिशतसम्मको कमिसन कटौती गर्नु खेदपूर्ण रहेकाे ज्ञापनपत्रमा उल्लेख गरिएकाे छ ।

बाेर्डले पाैष १२ गते, आइतबारबाट लागू हुने गरि शेयर खरिद तथा बिक्री कारोबारमा लिँदै आएको शुल्कमा ३३ प्रतिशतले घटाएकाे हो । कमिसन घटाउने विरोध गर्नेमा ५० ब्रोकर कम्पनीका धितोपत्र दलाल सदस्यहरु छन्

प्रकाशित : १२ पुष २०७७, आईतवार १३:३८