बैंकर्स एसोसिएसनको उपाध्यक्ष पदमा उपाध्याय निर्विरोध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

बैंकर्स एसोसिएसनको उपाध्यक्ष पदमा उपाध्याय निर्विरोध



काठमाडाै । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्याय नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । रिक्त रहेको उपाध्यक्ष पदका लागि हिजो भएको प्रक्रियामा उपाध्याय निर्वाचित भएका हुन् ।

संघको मंगलबार हुने साधारणसभाबाट नयाँ पदाधिकारीको घोषणा हुनेछ । त्यस्तै, एशोसिएसनको बाँकी रहेको दुई सदस्यमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र नेपाल एसबीआइका सीईओ दीपककुमार डे निर्विरोध निर्वाचित भएको संघले जनाएको छ ।

प्रकाशित : १३ पुष २०७७, सोमबार १७:०२