२४ घण्टामा ६५९ जना कोरोना संक्रमित थपिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

२४ घण्टामा ६५९ जना कोरोना संक्रमित थपिए



काठमाडाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ५५७८ जनाको पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितको संख्या ६ हजार ४४५ छ । २४ घण्टामा ७१८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ ।

प्रकाशित : १३ पुष २०७७, सोमबार १७:१९