प्रभु लाइफ इन्स्योरेन्स कारोबार अर्को सातादेखि हुने ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

प्रभु लाइफ इन्स्योरेन्स कारोबार अर्को सातादेखि हुने !



काठमाडाै । प्रभु लाइफ इन्स्योरेन्सको धितोपत्र कारोबार आगामी साताको आइतबारदेखि हुने भएको छ।

कमपनीले शेयर सूचिकरण प्रक्रिया अघि बढाइसकेकाे हुनाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीकाे पहिलाे काराेबार अर्को सातादेखि हुने सम्भावना रहेकाे हो ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम १०९ रुपैयाँ ५६ पैसादेखि र अधिकतम ३२८ रुपैयाँ ६८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७५/७६ को प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ५६ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३११ रुपैयाँ १९ पैसा हुन्छ । कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरण भएको हुनाले आर्थिक वर्ष २०७५/७६ को नेटवर्थबाट ओपनिङ रेञ्ज ताेकिनेछ ।

प्रभु लाइफ इन्स्योरेन्सले गत मंसिर २९ गतेदेखि पुस २ गतेसम्म ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर म्युचुअल फन्डहरुका लागि र बाँकी रहेको ९० प्रतिशतले हुन आउने ५४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो।

प्रकाशित : १५ पुष २०७७, बुधबार १४:३२