साञ्जेन जलविधुतको साधारणसभा पुस २४ गते , यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

साञ्जेन जलविधुतको साधारणसभा पुस २४ गते , यस्ता छन् एजेन्डा



काठमाडाैं । साञ्जेन जलविधुत कम्पनी ले १० औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीको मंसिर २६ गते सम्पन्न २०८ औं सञ्चालक समितिको बैठकले पुस २४ गते चिलिमे जलविधुत कम्पनीको रजिष्ट्ररको कार्यालय धुम्वाराहीमा गर्ने भएको हो ।

कम्पनीका अनुसार कोरोना महामारीका कारण सभा भर्चुअल माध्याबाट बिहान ११ बजे सञ्चालन गरिने कम्पनीले जनाएको छ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ अषाढ मसान्त सम्मको वासलात र आ।व। २०७६÷०७७ को नाफा नोक्सान हिसाब, नगद प्रवाह वितरण, इक्वीटीमा भएको परिवर्तनको विवरण लगायतका अनुसूचीहरुको उपर छलफल गर्ने एजेण्डा रहेको छ ।

कम्पनीका अनुसार गत आर्थिक वर्ष २०७६।७७ को नाफाबाट कम्पनीले शेयरधनीलाई कुनैपनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन। कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस १७ गतेदेखि २४ गतेसम्म शेयर दखिला खारेज बन्द मिति तोकेको छ । त्यस अनुसार पुस १६ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरु मात्र सभामा सहभागि बन्न पाउनेछन् ।

प्रकाशित : १७ पुष २०७७, शुक्रबार १५:०९