सहकारी संस्थामा लुटपाट गर्ने ५ जना पक्राउ



काठमाडौं । काठमाडौ मैतिदेवीस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने कपन बस्ने २५ वर्षीय प्रेम गजमेरलाई खुकुरी प्रहार गरी मार्केटबाट कलेक्शन गरेको नगद १ लाख ६६ हजार ९ सय १५ रुपैयाँ र सहकारीका कागजात तथा चेकबुक लुटेर फरार रहेको अभियोगमा ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२७ कमलाक्षी असन वतन भई भुरुङखेल ताम्सिपाखा बस्ने २९ वर्षीय रोहन नेपाली शाही, सोही महानगरपालिका(२६ नरदेबी वतन भई थानकोट बस्ने २२ वर्षीय अभय तुलाधर, नरदेबी वतन भई चक्रपथ बस्ने २७ वर्षीय अमित तुलाधर, नरदेबी घर भएका १८ वर्षीय किशोर र जुम्ला सिंजा गाउँपालिका(२ वतन भई चक्रपथ बसुन्धरा बस्ने २६ वर्षीय हरि शर्मा रहेका छन् ।


उक्त नगद र कागजात बोकेर चाबहिलस्थित ए वान क्याफे नजिक पुगेका प्रेमलाई पुस १५ गते दिउँसो उनीहरूले खुकुरी प्रहार गरी घाईते बनाई, डर धाक धम्की दिई लुटपाट गरी फरार रहेका थिए । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई लुटपाट गरी लगेको मध्ये नगद २६ हजार ३ सय २५ रुपैयाँ, विभिन्न कम्पनीका मोबाईलहरू, बैकका चेकहरु तथा सहकारीका कागजपत्र, २ थान चक्कु, चोरी गरेका ४ थान स्कुटर र १ थान मोटरसाइकल सहित पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाईकल तथा स्कुटर समेत चोरी गरी सो चोरी गरेको मोटरसाइकल तथा स्कुटरको प्रयोग गरी चलिरहेको गाडीबाट बिभिन्न सर(सामानहरु पटक(पटक चोरी गरेको भन्ने बुझिन आएको छ ।

आवश्यक कारवाहीका लागि उनीहरू मध्ये ३ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौं र २ जनालाई महानगरीय प्रहरी वृत्त गौशाला पठाईएको उक्त महाशाखाले जनाएको छ ।आर्थिक न्यूजबाट

प्रतिक्रिया दिनुहोस
आइपिओकाे नतिजा पाउन लगानीकर्तालाई कठिन,वैकल्पिक व्यवस्था लागू गर्न चुक्यो सिडिएस

काठमाडाै । अनलाइन सञ्चार माध्यम तथा निजी संस्थाहरूलाई साधारण सेयर (आइपिओ) काे नतिजा

महिला लघुवित्तको आइपीओ बाँडफाँड

काठमाडौं । महिला लघुवित्तले निष्काशन गरेको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको छ ।

सातै प्रदेशमा शाखा कार्यालय खोल्न राष्ट्रिय सहकारी बैंकलाई अनुमति

काठमाडाै । राष्ट्रिय सहकारी बैंक लिमिटेडले ७ वटै प्रदेशमा प्रदेश शाखा कार्यालय सञ्चालनका

एनआरएन इन्फ्रास्टक्चरको लाभांश पारित

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको आठौं साधारणसभा सम्पन्न भएको छ ।