दुई अंकको सिट ल्याएर दखाउन ओलीको चुनाैती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

दुई अंकको सिट ल्याएर दखाउन ओलीको चुनाैती



काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दुई अंकको सिट ल्याएर देखाउन दाहाल-नेपाल समुहको नेकपालाई चुनौती दिएका छन् । आफू पक्षीय काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले दाहाल-नेपाललाई खिया लागेको नटबल्टुको संज्ञा समेत दिए ।

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालतर्फ लक्षित गर्दै उनले वैशाख १७ र २७ गते कता बहुमत छ र कसले कसलाई पार्टीबाट निकालेको रहेछ हेरौँला भन्दै चुनौती दिएका छन् ।

उनले पार्टी एकता गरिए पनि काम गर्न नदिएको उल्लेख गर्दै दाहाल-नेपाल आफ्नो बाटो लागेपछि पार्टी राम्ररी चलिरहेको दवी गरे । ‘तीन वर्षसम्म पार्टी हलचल हुन सकेन । तर अहिले दुई वटा नटबोल्ट खिया लागेर झरेपछि पार्टी यसरी चलेको छ,’ उनले आफ्नो पक्षमा माहोल रहेको संकेत गर्दै भने ।

पार्टीको विधि र संविधान अनुसार आफूहरुले पार्टी चलाइ रहेको पनि ओलीले बताए । उनले दाहाल–नेपाल समूहले आन्दोलनको घोषणा गरेको आफूलाई जानकारी रहेको उल्लेख गर्दै तर त्यो आन्दोलनको औचित्य नभएको बताए ।

यस्तै आधिकारिक नेकपा आफूले नेतृत्व गरेको समूह नै रहेको जिकिर गर्दै उनले ‘बसिरहेको घर मेरो भन्दै निवेदन हाल्ने ?’ भन्दै प्रश्न गरे ।

प्रकाशित : १८ पुष २०७७, शनिबार १७:४२