प्राइम कमर्सियल बैंकको लाभंश सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

प्राइम कमर्सियल बैंकको लाभंश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडाै । प्राइम कमर्सियल बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (पाैष १९ गते, आइतबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष २० गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (पाैष १९ गते, आइतबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंककाे पाैष ७ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १३औं वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, बैंककाे केन्द्रिय कार्यालय, काठमाडाैँमा बिहान १० बजेदेखिभर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

प्रकाशित : १९ पुष २०७७, आईतवार १०:१०