ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मनोज न्याछ्यों « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मनोज न्याछ्यों



ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मनोज बहादुर न्याछ्यों विजयी भएका छन् । अघिल्लो कार्यकालमा महासचिवको रुपमा कार्यरत मनोज न्याछ्यों निर्वाचित भएका हुन् ।

निर्वाचन सहितको साधारणसभाबाट अघिल्लो कार्यसमितिका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशी र महासचिव मनोज बहादुर न्याछ्यों अलग–अलग प्यानल बनाएर चुनावमा उत्रिएका थिए ।

निर्वाचनबाट अध्यक्षमा मनोज न्याछ्यों, वरिष्ठ उपाध्यक्षमा विश्व बज्राचार्य, उद्योग तर्फबाट उपाध्यक्षमा सुसन महर्जन, संस्थागत उपाध्यक्षमा विरेन्द्रलाल श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा उसन बज्राचार्य, महासचिवमा रुपकमान महर्जन र कोषाध्यक्षमा भूमिनन्दन कर्माचार्य विजयी भएका छन् ।
यसमध्ये कोषाध्यक्षमा विजयी भूमिनन्दन स्वतन्त्र उम्मेदवारी दिएका व्यक्ति हुन् ।

यसैगरी कार्यसमिति सदस्यहरुमा उद्योग तर्फबाट मिलन शाक्य, रमेशसिंह महर्जन, आपुलाल अवाले, गुणकेशरी ताम्राकार, सजना श्रेष्ठ, राजु महर्जन निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा वाणिज्य तर्फबाट विमला शाक्य, रुपेन्द्रराज शाक्य, मुकुन्द महर्जन, राजेशराज बज्राचार्य, गुणकेशरी ताम्राकार, महेश श्रेष्ठ, सुजन बज्राचार्य, शर्मिला जोशी (श्रेष्ठ) निर्वाचित भएका छन् ।

पूर्ण बहादुर महर्जन र नविनमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष मनोज न्याछ्योंले सेतोघर डट कमसँगको कुराकानीमा संक्षिप्त प्रतिक्रिया दिँदै यो विजय सम्पूर्ण उद्योगी व्यवसायीहरुको विजय भएको बताए । साथै योग्य र सक्षम व्यक्तिहरु कार्यसमितिमा समेटिएको बताउँदै उनले अब आफू सबै उद्योगी व्यवसायीहरुलाई मिलाएर साझा उद्देश्य प्राप्तिमा केन्द्रित हुने समेत बताएका छन् ।

उद्योगी व्यवसायीहरुको हकहित नै आफूहरुको एकमात्र उद्देश्य हुने र संघलाई एकढिक्का गराउने जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने समेत उनले बताए ।

प्रकाशित : १९ पुष २०७७, आईतवार १६:२६