२४ घन्टामा ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, निको हुने कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

२४ घन्टामा ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, निको हुने कति ?



काठमाडाै । पछिल्लो २४ घण्टामा देशभर थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २ लाख ५४ हजार ४९४ निको भएका छन् । गत २४ घण्टामा मात्रै ६३७ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ भने यससँगै कुल मृतकको संख्या १८७८ पुगेको छ ।

प्रकाशित : १९ पुष २०७७, आईतवार १६:४२