जिल्ला सहकारी संघ काठमाडौंको साधारणसभा २१ गतेबाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जिल्ला सहकारी संघ काठमाडौंको साधारणसभा २१ गतेबाट



काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंको २१ औं बार्षिक साधारण सभा पुष २१ गतेबाट सुरु हुने भएको छ ।

मंसिर २२ गते संघको संचालक तथा लेखा सुपरिवेक्षण समितिको संयुक्त बैठकको निणर्यले संघको बार्षिक साधारण सभा पुष २१ गतेबाट २७ गतेसम्म भर्चुअलरुपमा गर्ने निणर्य गरेको हो ।

सभाको समापन पौष २७ गते गरिने संघका अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिए ।

उनले पौष २१ गते साउथ वेष्टर्न स्टेट कलेज बसुन्धरामा सिमित उपस्थितिमा सभाको उद्धघाटन हुने बताए ।

संघको बार्षिक प्रतिवेदन २१ गतेदेखि राष्ट्रिय सहकारी बैंकको सम्पूर्ण शाखा कार्यालयबाट सदस्य संस्थाहरुकालागि बितरण गरिने अध्यक्ष तामाङले जानकारी दिए ।

प्रकाशित : १९ पुष २०७७, आईतवार २१:२९