सेयर बजार दोहोरो अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सेयर बजार दोहोरो अंकले बढ्यो



काठमाडाै । सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज सेयर बजार दोहोरो अंकले बढेको हो ।
आज नेप्से परिसूचक १५.७८ अंकले बढेर २१९४.३५ अंकमा पुगेको छ । नेप्से ०.७२ प्रतिशले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ३.०२ अंकले बढेर ४२१.१६ अंकमा पुगेको छ ।
कुल २ सय ८ वटा कम्पनीको १ करोड १७ लाख २ सय ७ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८४ करोड ५१ लाख ७९ हजार ५ सय ५२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।


आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ११ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी एउटा उपसमुहको सेयर घटेको छ ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा प्रभु बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ३१ करोड ७० लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।

प्रकाशित : २३ पुष २०७७, बिहीबार १५:२०