सनराइज क्यापिटलले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सनराइज क्यापिटलले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने



काठमाडाै । सनराइज क्यापिटल लिमिटेडले १० औं वार्षिक साधारणसभा आगामी माघ १६ गतेका डाकेको छ ।

कम्पनीको गत १६ गते बसेको सञ्चालक समितिको बैठकले सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।


सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले हाल कायम सञ्चालक समितिले सिफारिस गरे बमोजिम कम्पनीको नियमावलीको दफा २७ (२) संशोधन गरी ३ जना संस्थापक सञ्चालक तथा २ जना स्वतन्त्र सञ्चालक कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।


सभाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै सभाले लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तको वासलत र सोही अवधिको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्नेछ ।

प्रकाशित : २३ पुष २०७७, बिहीबार १५:३२