चार सय १२ जनालाई कोरोना संक्रमण पुष्टि, ४ जना संक्रमितको मृत्यु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

चार सय १२ जनालाई कोरोना संक्रमण पुष्टि, ४ जना संक्रमितको मृत्यु



काठमाडाै । २४ घण्टामा नेपालमा ४ सय १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल कोरोना संक्रमणको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा ५ हजार १ सय ३२ जनाको कोरोना परीक्षण गर्दा ४ सय १२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना परीक्षण हुनेको संख्या १९ लाख ६९ हजार २ सय ९२ पुगेको छ।

गत २४ घण्टामा ४ सय ८३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५६ हजार ६ सय ४४ पुगेको मन्त्रालयले जानकारी दिएको हो ।

बिहीबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ४२ जना क्वारेन्टाइनमा छन्।

प्रकाशित : २३ पुष २०७७, बिहीबार १६:०५