तपाईं हाम्राे बहुउद्देश्यीय सहकारीकाे साधारणसभा सुरू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

तपाईं हाम्राे बहुउद्देश्यीय सहकारीकाे साधारणसभा सुरू




काठमाडौं । तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको १३ औ वार्षिक साधारणसभाको आज देेेेखि सुुरू भएकाेे छ । काेेरााेना भाईरसका कारण संस्थाले यााे पटक भर्चुअल रुपमा सभा सम्पन्न गरेको हो । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न सभामा जिल्ला सहकारी संंघ काठमाण्डौका अध्यक्ष ज्ञानबहादुर तामाङ्ग, राष्ट्रिय सहकारी बैंकका संचालक पार्वती थापाको उपस्थिति रहेको थियो । सभामा सस्थाका अध्यक्ष मनोजकुमार थापा मगरको सभापतित्वमा सलाहकार समिति, संचालक समिति ,उपसमितिका पदाधिकारीको उपस्थिति रहेको थियो । संस्थाले आजै देखि सदस्यहरुलाई प्रतिवेदन बितरण तथा सदस्य उपस्थिति जनाउने काम सुरु भएको र पुस २८ गते सम्म रहने संस्थाले जनाएको छ । पुस २९ गते समापन समारोह तथा निर्णय पुस्तिका हस्ताक्षर सभा हुने संस्थाले जनाएको छ ।

प्रकाशित : २४ पुष २०७७, शुक्रबार १६:२७