पपुलिष्ट कार्यक्रम समेटेर जम्बो बजेट अाउँदै , महंगी नियन्त्रणको छैन योजना ,कर्मचारीलार्इ खुशी पार्न तलब बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पपुलिष्ट कार्यक्रम समेटेर जम्बो बजेट अाउँदै , महंगी नियन्त्रणको छैन योजना ,कर्मचारीलार्इ खुशी पार्न तलब बृद्धि



buzetकाठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष २०७३/०७४ को बजेट आज ल्याउँदै छ । अपराह्न ४ बजे संसदमा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको मन्त्रिपरिषद बैठकले बजेटका सम्बन्धमा छलफल गर्दै निर्धारित समयमै बजेट ल्याउने निर्णय गरेको छ । सरकारले आउँदो आर्थिक वर्षका लागि १० खर्ब ४० भन्दा बढीको बजेट ल्याउन लागेको हो । संसद बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्नेछन् । नेकपामा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको अहिलेको सरकारले यसअघि एमालेको नौं महिने शासनकालमा ल्याएको बजेटकै शैलीमा बजेट ल्याउन लागेको स्रोतले जताएको छ ।

चुनाब लक्षित बजेट

एमालेको सरकारले ल्याउने बजेट महगी नियन्त्रण र तत्कालिन अावश्यकता पुरा गर्ने भन्दा पनि चुनाब लक्षित गर्दै लोकप्रिय कार्यक्रमसहित सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ को बजेट शनिबार सार्वजनिक गर्दैछ। सामाजिक सुरक्षा भत्ता दोब्बर पार्ने, किसानलाई पेन्सन दिने, प्रमाणपत्र धितो राखेर कर्जा दिने जस्ता पपुलिष्ट कार्यक्रम समेटेर बजेट तयार भएको अर्थमन्त्रालय स्रोतको दावी छ । २०५१ सालको नौ महिने एमाले सरकारका पालामा आएको बजेटजस्तै लोकप्रिय बनाउन यस्ता केही नयाँ कार्यक्रम बजेटमा राखिएका छन्।  वृद्ध भत्ता एक हजारबाट दोब्बर बनाएर दुर्इ हजार बनार्इएको छ। मनमोहन अधिकारीका पालामा आएको सामाजिक सुरक्षाका कार्यक्रमले एमालेले अहिलेसम्म  ब्याज रादै अाएको छ। आफ्नो गाउँ आफै बनाउँ कार्यक्रमलाई उद्ममशिलतासँग जोडेर ल्याउने तयारी भएको छ । शैक्षिक प्रमाणपत्रका आधारमा युवा/युवतीलार्इ कर्जा प्रदान गर्ने, किसानलार्इ पेन्सन दिने लगायतका आकर्षक कार्यक्रम बजेटमा राखिएको छ। बेरोजगार युवा/युवतीका लागि यो कार्यक्रम लोकप्रिय हुनेछ।

सरकारी कर्मचारी खुसी पार्ने दाउ

बजेटमा  निजामती कर्मचारीको तलब १३ देखि २३ प्रतिशतसम्म बढ्नेछ। पाँच लाख निजामती कर्मचारीलार्इ खुशी पार्न तलब बृद्धिको निर्णयले सघाउने छ । साथै माओवादीलाई खुशी पार्नका लागि पूर्व लडाकूहरु एवं सहिद तथा घाइतेहरुका लागि राहतको प्याकेज घोषणा गर्न लागेको स्रोतको भनाइ छ । सरकारले वृद्धभत्ता बढाउनेदेखि सामाजिक सुरक्षाको क्षेत्रमा बजेट बढाउने तयारीगरेको छ । त्यस्तै सांसद विकास कोषको रकम बढाउने तयारीसमेत सरकारले गरेको छ ।

गाडीको भन्सार दर यथावत
गाडीको भन्सार दर यथावत राखिएको छ। आगामी आर्थिक वर्षमा २ खर्ब ७० अर्बको भन्सार असुलीको लक्ष्य राखिएकोले भन्सार दरलार्इ धेरै चलाइएको छैन। केही कच्चा पर्दाथको भन्सार दरमा परिवर्तन गरिएको छ। प्लास्टिकजन्य कच्चा पर्दाथमा भन्सारदर घटाएको छ । स्वदेशमा रहेको उद्योगलार्इ सहजता प्रदान गर्न भन्सारदर
घटाइएको हो।
आयकरको सीमा  बढ्यो
बजेटले आयकरको सीमा भने केही बढाएको छ। स्रोतका अनुसार आयकरको सीमा अविवाहितका लागि साढे तीन र विवाहितले चार लाख रुपैयाँ माथि मात्रै कर तिर्ने स्ल्याब राखिएको छ। अहिले अविवाहितका लागि साढे दुई लाख र विवाहितका लागि तीन लाख रुपैयाँ माथि मात्रै आयकर लाग्नेछ ।

प्रकाशित : १५ जेष्ठ २०७३, शनिबार ०४:३२