चन्द्रागिरि साकोसको अध्यक्षमा योगेन्द्रकुमार कुँवर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

चन्द्रागिरि साकोसको अध्यक्षमा योगेन्द्रकुमार कुँवर



काठमाडाै । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । नव निर्वाचित सञ्चालक समितिको अध्यक्षमा योगेन्द्रकुमार कुँवर रहेका छन । उपाध्यक्षमा सूर्यनारायण मानन्धर, सचिवमा अच्युतकुमार कार्की, सहसचिवमा शरद कुँवर, कोषाध्यक्षमा मिना कुमारी पाठक, सदस्यहरुमा लक्ष्मी बहादुर महर्जन, दिलकुमारी महर्जन, गोविन्द बस्नेत, हरिहर सिग्देल, रबिना महर्जन र सुवास श्रेष्ठ रहेका छन ।

त्यसैगरि लेखा सुपरिवेक्षण समितिको संयोजकमा भानु प्रकाश ढकाल र सदस्यहरुमा इन्द्रबहादुर महर्जन र सुष्मा कुँवर निर्विरोध निर्वाचित भएको संस्थाले जनाएको छ । समितिहरुमा महिला र ३५ वर्ष भित्रको युवा सदस्यको प्रतिनिधित्व रहने नीतिगत व्यवस्था गरी सो अनुरुपको समावेसीपूर्ण सञ्चालक र लेखा सुपरिवेक्षण समिति निर्वाचित भएको हो ।

लामो समय तत्कालिन डिभिजन सहकारी कार्यालयमा प्रमुख रहेका सहकारी विज्ञ केशव बहादुर थापाको संयोजकत्वमा गठिन निर्वाचन उप समितिले नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गर्नुको साथै सपथ ग्रहण गराएको थियो ।

उपस्थिति खुल्ला सभा र निर्णय प्रमाणिकरण सभा गरी २ चरणमा आयोजना गरिएको साधारण सभा पौष १४ गतेबाट सुरु भई हिजो सम्पन भएको हो। पौष २४ गते सम्म दैनिक १ हजार जनाको दरले उपस्थिति दर्ता गर्न सकिने गरी उपस्थिति खुल्ला गरिनुको साथै प्रतिवेदन वितरण र सुझाव संकलन गरिएको उपस्थिति खुल्ला सभामा ७८ प्रतिशत सदस्यहरुले उपस्थिति दर्ता गराएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृण्ण कुमार श्रेष्ठले जानकारी दिए । उपस्थिति खुल्ला सभाबाट निर्णय प्रमाणिकरण गर्नको लागि दैनिक ३ जनाको दरले छनौट भएका सदस्य प्रतिनिधिहरुको सभागीतामा पौष २५ गते निर्णय प्रमाणीकरण सभा सम्पन्न भएको हो ।

०५८ साल बैशाख ६ गते सिमित व्यक्ति र पुँजीबाट सुरु भएको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको पछिल्लो प्रतिवेदन अनुसार १२,३१२ जना शेयर सदस्य र २ अर्ब ३० करोडको कुल सम्पत्ति रहेको छ । आधुनिक प्रविधिहरुको समुचित उपयोग गर्दै संस्थाले स्मार्ट बैंकिंग सेवा स्वरुप चन्द्रागिरि एम. सर्भिस र एटिएम सेवाको साथै विभिन्न सदस्य सुरक्षाको सेवाहरु प्रदान गर्दै आईरहेको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यता रहेको उक्त सभामा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी विशिष्ट अतिथि रहेका थिए ।

प्रकाशित : २६ पुष २०७७, आईतवार १४:०४