यी हुन पुस मसान्तमा सर्वाधिक कारोबार भएका कम्पनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यी हुन पुस मसान्तमा सर्वाधिक कारोबार भएका कम्पनी



काठमाडाै । बुधबार शेयर बजारले उच्च रेकर्ड बनाएकाे छ । पछिल्लाे ५ दिनबाट लगातार नयाँ रेकर्ड बनाउँदै आएको नेप्से सूचकले बुधबार पनि याँ रेकर्ड बनाएको हो।

बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १८.८१ अंकले बढेर २२८६.५४ मा पुगेकाे छ । नेप्से ०.८३ प्रतिशतले बढेकाे हो । बुधबार सेन्सेटिभ परिसूचक पनि १.९७ अंकले बढेर ४३५.२५ मा पुगेकाे छ । कूल २०७ वटा कम्पनीकाे एक कराेड ३२ लाख ८९ हजार ८ सय ४९ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार २ सय ६१ रुपैयाँको कारोबार भएकाे छ ।

त्यसैगरी, बढेकाे बजारमा नेपाल टेलिकम, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, अपर तामाकाेशी हाइड्राेपावर लिमिटेड, शिवम् सिमेन्ट, एनआइसी एशिया बैंक लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, फरवार्ड माइक्राेफाइनान्स, नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड र नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड सर्वाधिक काराेबार भएका कम्पनीहरू हुन् ।

प्रकाशित : २९ पुष २०७७, बुधबार १७:१९