आयल निगमले दुई अर्ब २० करोड नगद लाभांश वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

आयल निगमले दुई अर्ब २० करोड नगद लाभांश वितरण गर्ने



काठमाडाै । नेपाल आयल निगमले दुई अर्ब २० करोड नगद लाभांश वितरण गर्ने भएको छ । निगम सञ्चालक समितिको ३९ औंँ वार्षिक साधारणसभाले नाफा रकमबाट निगमका शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत बराबरको नगद लाभांश रु दुई अर्ब २० करोड वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 
  
निगमले गत आर्थिक वर्ष २०७६/०७७ मा खुद नाफा रु १२ अर्ब ९१ करोड ४८ लाख गरेको जनाएको छ । 

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आव २०७६/७७ को लेखापरीक्षणसमेतका वित्तीय विवरण पहिलो पटक नेपाल वित्त रिपोर्टिङ मापदण्ड (एनएफआरएस) अनुसार तयार पारिएको हो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमलाई पूर्ण कप्युटरकृत स्वचालित विधिमा रुपान्तरण गरी देशकै नमूनायोग्य संस्थामा रुपान्तरण गर्ने तयारी भैरहेको बताएका थिए । उनले यसका लागि प्राप्त सहयोग र हौसलाप्रति सबैमा उनले आभार व्यक्त गरेका थिए । 

निगम व्यवस्थापनले निगमको साधारणसभा सम्पन्न गर्न सहयोग पु¥याउने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र  राज्यमन्त्री विमला विक, सचिव डा. वैकुण्ठ अर्याल शेयरधनी प्रतिनिधि, सञ्चालक समितिका पदाधिकारी, लेखापरीक्षक, निगमका कर्मचारी एवं व्यवसायीलाई धन्यवादसमेत दिएको प्रवक्ता उपाध्यायले जानकारी दिए ।

देशमा पेट्रोलियम पदार्थको आयात, ढुवानी, भण्डारण र वितरण गर्न २०२७ पौष २६ गते स्थापना भएको स्थापना भएको निगम  नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको  संस्था हो । २०२७ सालमा स्थापना भए पनि विदेशी कम्पनीहरुको कारोवार वन्द गराई २०३० भाद्रदेखी मात्र नेपाल आयल निगमले अधिराज्यभर पेट्रोलियम पदार्थको कारोवारमा एकाधिकार पाएको हो । सो वेलादेखी आजसम्म निगमले एकछत्र पेट्रोलियम पदार्थको कारोवार गर्दै आई रहेको छ । 

निगममा आर्थिक वर्ष २०२९/३० मा ७० लाख ५० हजार रुपैयाँको ७० हजार ५ सय कित्ता सेयरबाट शुरु भएको निगममा ९८ दशमलव ३६ प्रतिशत नेपाल सरकार र बाँकी १ दशमलव ६४ प्रतिशत विभिन्न संस्थानहरुको रहेको छ । जसमध्ये नेशनल ट्रेडिङ (खाद्य व्यवस्था तथा व्यापार कम्पनी)को शून्य दशमलव ७८, राष्ट्रिय बीमा संस्थान को शून्य दशमलव ४७, नेपाल बैंकको शून्य दशमलव २३ र राष्ट्रिय वाणिज्य बैंकका शून्य दशमलव १६ प्रतिशत सेयर छ । आर्थिक वर्ष २०७०/०७१ सम्म घाटामा रहेको निगम त्यसपछि भने वार्षिक अरबौँका दरले नाफामा छ । आजकोअर्थबाट साभार
 

प्रकाशित : २९ पुष २०७७, बुधबार १७:३३