नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ आजबाट खुल्यो, कति दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ आजबाट खुल्यो, कति दिने आवेदन ?



काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ आजदेखि बिक्री खुला गरिएको छ । कम्पनीले हालसम्मकै सर्वाधिक ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ बिक्री खुला गरिएको हो ।


कम्पनीले कुल ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गेको हो । बाँकी ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । सबै आवेदकको भागमा पर्ने निश्चित रहेको यो आईपीओ छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म विक्रीमा रहनेछ । माग बमोजिम आवेदन परेमा छिटो अवधिभित्रै विक्री बन्द हुने कम्पनीले जनाएको छ ।
काे हाे बिक्री प्रबन्धक ?

उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

कति दिने आवेदन ?

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले आइपिओमा छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

रेटिङ कति ?

कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले इक्राएनपी बीबीबी रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेकाे मानिनेछ । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले ग्लोबल एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैँ, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, कृष्ण टावर, नयाँ बानेश्वर, काठमाडाैँ तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

प्रकाशित : २ माघ २०७७, शुक्रबार १०:३७