माघ ११ गतेबाट ‘टी प्लस टु’ लागू हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

माघ ११ गतेबाट ‘टी प्लस टु’ लागू हुने



काठमाडाै । माघ ११ गते आइतबारबाट ‘टी प्लस टु’ लागू हुने भएको छ । हिजाे शुक्रबार केन्द्रीय निक्षेप प्रणाली (सीडिएससी) र ब्रोकरबीच भएकाे छलफलमा माघ ११ गते आइतबारबाट शेयर कारोबारको राफसाफ तथा फछर्यौट चक्र ‘टी प्लस टु’ लागू गर्ने निर्णय भएको ब्रोकर एशोशियसनका अध्यक्ष सन्तोष मैनालीले जानकारी दिएका छन् ।

हाल शेयर बजारमा टि प्लस थ्री को राफसाफ कार्यान्वयनमा रहेको छ । अर्थात शेयर खरिद बिक्रि भएको ३ दिनभित्र शेयर राफसाफ गरि सक्नु पर्ने हुन्छ । ‘टी प्लस टू’ काे व्यवस्था लागू भएसँगै शेयर कारोबार भएको दिन बाहेक २ दिन भित्र शेयर बिक्रेताले शेयर बेचे बराबरको रकम पाईसक्नु पर्ने हुन्छ भने शेयर खरिदकर्ताको खातामा आफुले खरिद गरेको शेयर आइसक्नु पर्छ ।

प्रकाशित : ३ माघ २०७७, शनिबार १२:२८