सिंगटी हाइड्रोको आइपिओ बिक्री खुला



काठमाडाै । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले आज (आइतबार)बाट साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड ५० लाख रुपैयाँबराबरको १४ लाख ५० हजार कित्ता आईपीओ स्थानीयहरुलाई बिक्री गर्न लागेको हो । कम्पनीले निष्कासन गर्न लागेको आइपीओमा स्थानीयले छिटोमा माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन सक्ने छन् ।

उक्त आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि दुई लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ बिक्रीका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता सेयर बिक्री गरेपछि आम सर्वसाधारणका लागि २९ करोडबराबरको २९ लाख कित्ता बिक्री गर्ने जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको

प्रकाशित मिति २०७८ असार १ देखि