नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओमा मागभन्दा बढी आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओमा मागभन्दा बढी आवेदन



काठमाडाै । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले खुल्ला गरेकाे साधारण शेयर (आइपिओ) मा मागभन्दा बढी आवेदन परेकाे छ ।

आइतबार दिउँसो ४:३० बजेसम्ममा ८ लाख २ हजार ७०८ जना आवेदकले ९ अर्ब ९४ करोड ६ लाख ७४ हजार रुपैयाँ बराबरको ९ करोड ९४ लाख ६ हजार ७ सय ४० कित्ताको लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएकाे ७ करोड ५८ लाख ४० हजार भन्दा १.३१ गुणा बढी आवेदन हाे ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ आजबाट खुल्यो, कति दिने आवेदन ?

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरकाे ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि निष्कासन गरिएकाे हो ।

प्रकाशित : ४ माघ २०७७, आईतवार १९:५०