१ करोड ८४ लाख ६३ हजार ५ सय ३८ कित्ता बोनश सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

१ करोड ८४ लाख ६३ हजार ५ सय ३८ कित्ता बोनश सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको मंसिर २१ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाद्वारा पारित गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट वितरण गरिएको १९ प्रतिशत बोनस शेयर (१ करोड ८४ लाख ६३ हजार ५ सय ३८ कित्ता) नेप्सेमा सूचीकृत भएको हो ।

उक्त बोनस शेयर वितरणपश्चात् बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ रुपैयाँ पुगेको छ । साथै बोनस शेयर धितोपत्रको दोस्रो बजारमा माघ ५ गतेदेखि कारोबार गर्न मिल्ने गरी सम्बन्धित शेयरधनीहरूको डिम्याट खातामा जम्मा गर्ने व्यवस्था मिलाइने बैंकले जनाएको छ ।

हाल बैंकले मुलुकभर रहेका ३३९ शाखा कार्यालयहरू, ४७१ एटिएम, ८८ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गद आएको छ ।

प्रकाशित : ४ माघ २०७७, आईतवार २०:००