मेगा बैंकको नयाँ शाखा कीर्तिपुरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

मेगा बैंकको नयाँ शाखा कीर्तिपुरमा



काठमाडाैं । मेगा बैंक नेपाल लिमिटेडले कीर्तिपुरमा नयाँ शाखा विस्तार गरेकाे छ । नयाँ शाखा आइतबारदेखि सञ्चालनमा ल्याएकाे बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएकाे छ ।

कीर्तिपुर नगरपालिका–९, नयाँबजारमा बैंकको नयाँ शाखा विस्तार गरिएको हो । मेगा बैंकको यो २०७औँ शाखा हो । काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन् ।

अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका २०७ वटा शाखा कार्यालय, ३४ वटा एक्सटेन्सन काउन्टर, १ सय ४२ वटा एटिएम मेशिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्र रहेका छन् ।

प्रकाशित : ५ माघ २०७७, सोमबार ०५:२३