नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सले माघ ११ देखि एकीकृत कारोबार थाल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सले माघ ११ देखि एकीकृत कारोबार थाल्ने



काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र सिटी एक्सप्रेस फाइनान्स लिमिटेडले माघ ११ गते आइतबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न मंसिर १९ गते, आइतबार अन्तिम स्वीकृति प्रदान गरेको थियाे । दुवै कम्पनीकाे असाेज २८ गते, बुधबार सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि पाैष ३ गते स्वीकृती प्रदान गरिसकेकाे छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई १००ः३० कित्ताको अनुपातमा गाभ्न थालेकाे हाे । यसकाे मतलव सिटी एक्सप्रेसको १०० कित्ता शेयर हुनेले नेपाल इन्भेष्टमेन्ट बैंकको ३० कित्ता शेयर पाउनेछन् ।

प्रकाशित : ५ माघ २०७७, सोमबार ०७:१८