एक करोड ११ लाख १२ हजार ८९० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एक करोड ११ लाख १२ हजार ८९० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । बैंक अफ काठमाण्डूको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको आज(माघ ५ गते) सोमबार मात्रै १३ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

गत मंसिर १५ गते सम्पन्न बैंककाे वार्षिक साधारणसभाले उक्त बाेनस प्रस्ताव पारित गरेकाे थियाे । सभाले पारित गरेसँगै नेप्सेमा साे मात्रा अर्थात एक करोड ११ लाख १२ हजार ८९० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै अबको केही दिनमा कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

कम्पनीकाे सभाले आर्थिक वर्ष २०७६/७७ काे नाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद(लाभांशमा लाग्ने कर समेत) गरी १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको थियाे ।

प्रकाशित : ५ माघ २०७७, सोमबार १२:२९