सिटिजन लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, आइपिओ बारे के निर्णय गर्ला ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सिटिजन लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, आइपिओ बारे के निर्णय गर्ला ?



काठमाडाै । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेश्राे वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीकाे पाैष २९ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा फागुन २ गते , आइतबार,आम्रपाली ब्याङ्कवेट, नक्साल, काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।त्यसैगरी, सभामा धितोपत्र दर्ता गरी आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७५ करोड रूपैयाँ बराबरकाे ७५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्दैछ ।

कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी ट्रीपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ कराेड रूपैयाँ रहेको छ ।

साधारण शेयर (आइपिओ) निष्कासन गरे पश्चात कम्पनीकाे चुक्ता पूँजी २ अर्ब ५० कराेड रूपैयाँ पुग्नेछ ।

प्रकाशित : ६ माघ २०७७, मंगलवार १२:४९