हिमालय एयरलाइन्सले सुरू गर्याे तिब्बतको ल्हासामा परीक्षण उडान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

हिमालय एयरलाइन्सले सुरू गर्याे तिब्बतको ल्हासामा परीक्षण उडान




काठमाडौं । हिमालय एयरलाइन्सले तिब्बतको ल्हासामा परीक्षण उडान गरेको छ । नेपाल र चीनको संयुक्त साझेदारीमा संचालित एरलाइन्सल पहिलो उच्च उचाई गन्तव्य–ल्हासाको परीक्षण उडानका लागि त्यसतर्फ गएको हो ।

ल्हासा चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी हो । जसले संसारभरबाट पर्यटक आकर्षित गर्दै आएको छ । मंगलबारको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकाबद्ध उडानहरू सुरू गर्ने कम्पनीको व्यावसायिक योजनाको अनुरूप नै भएको जनाइएको छ ।

परीक्षण उडान एचनाइन ९६१ जहाज  त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट बिहान ७ बजेर १७ बजेमा ल्हासातर्फ प्रस्थान उडी ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजेर ४६ मिनेटमा अवतरण गरिएको बताइएको छ । ल्हासाबाट फिर्ती उडान मंगलबारनै अपरान्ह तीन बजे गर्ने र काठमाडौंमा अपरान्ह चार बजे अवतरीत हुने अपेक्षा गरिएको छ ।

एयरलाइन्सका सञ्चालन उपाध्यक्ष क्याप्टेन हाओ दीले, वरिष्ठ क्याप्टेनहरु सहित परीक्षण उडानका चालक दलको नेतृत्व गरेका छन् । चालक दलले ल्हासास्थित गोंगर अन्तर्राष्ट्रिय विमान स्थलमा वैधता उडानका लागि तीन फरक फरक एप्रोचेज अपनाउने छन् । 

परीक्षण उडानका लागि एयरलाइन्सले सन् २०२० को मार्च महिना मै विशेषतः उच्च उचाईका लागि उडान भर्न एचनाइन एजेके नाममा दर्ता भएको नवीनतम न्यारोबडी हवाइ जहाज ए ३१९–११५ प्रयोगमा ल्याएको छ ।

१२० इकोनोमिक र ८ वटा बिजनेश क्लास सिटको व्यवस्था भएको एअरक्राफ्ट उच्च उचाईको उडान भर्नको लागि परिमार्जित गरिएको छ । यसको अधिकतम १४ हजार ५०० फिटसम्मको एअरोड्रम उचाई भएको ट्रान्स हिमालयन मार्गहरू सञ्चालन गर्ने क्षमता रहेको छ । 

हिमालय एयरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले हिमालय टोली गत बर्षदेखि नै ल्हासा जस्तोे उच्च उचाईको गन्तव्यको उडानका लागि सावधानीपूर्वक कार्यरत रहेको बताए ।

आजको सफल परीक्षण उडानले ( सुरक्षा, टीम भावना र विजयी भावनाको हाम्रो प्रमुख मार्ग निर्देशक सिद्धान्तहरुको प्रतिबद्धतालाई प्रबल बनाएको छ,उनले भने ।

एयरलाइन्सका प्रशासकीय उपाध्यक्ष विजय श्रेष्ठले ल्हासा गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा  अवतरण गर्ने पहिलो र एकमात्र विदेशी एयरलाइन्स हुन पाउनु हिमालयका लागि वास्तवमै गर्वको बिषय भएको बताए ।  

परीक्षण उडान ३ हजार ५७० मीटरको उचाइ अर्थात ११ हजार ७११ फिट बराबरको उचाइमा रहेको ल्हासा गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा परम्परागत एप्रोचेजका साथै आरएनपी – एआर एप्रोचेजका प्रमाण्ीाकरणका लागि योजना गरिएको हो । 

प्रकाशित : ६ माघ २०७७, मंगलवार १४:३०