नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापीटल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापीटल नियुक्त



काठमाडाै । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापीटल नियुक्त गरेको छ । आज बैक र क्यापीटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा बैंकको तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका शेयरधनीहरुको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही ग्लोबल आईएमई क्यापिटलले गर्ने भएको छ ।

हाल बैंकको बैंकको अधिकृत पुँजी ४० अर्ब रहेको छ। कम्पनीले हालै निष्काशन गरेको आईपिओ बाँडफाँडपछि बैंकको चुक्ता पुँजी २० अर्ब पुग्ने छ । बैंकको आईपिओ हालसम्म कै धेरै आवेदन परेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक नेपालको एक मात्र पुर्वाधार बैंक हो ।

प्रकाशित : ६ माघ २०७७, मंगलवार १९:५९